कोदो बालीको संरक्षणमा सरोकारवालाहरूको जोड
काठमाडौँ । कोदो बालीको संरक्षणमा सरोकारवालाहरूले जोड दिएका छन् । प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै वक्ताहरूले कोदो नेपालका लागि महत्त्वपूर्ण बाली भएको बताए ।
नेपाल कोदो तथा फापर सङ्घको आयोजना, कृषि उद्यम केन्द्र, आर.एण्ड डि लगायतका सङ्घ संस्थाको सह आयोजनामा शुक्रबार कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमै कोदो उत्पादन बढाएर आयात घटाउनु पर्ने बताए । नेपालको सबै पहाडी क्षेत्रमा कोदो उत्पादन हुने गरेको बताउँदै उनले कोदो प्रवर्द्धनमा जोड दिए ।
नेपाल कोदो तथा फापर सङ्घका अध्यक्ष एवं कृषि उद्यम केन्द्रका सभापति डि.बि. बस्नेतको सभापतित्व आयोजित कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले कोदो सङ्घ पनि महासङ्घको सदस्य बनेको र महासङ्घले पनि कोदो प्रवर्द्धनमा भूमिका खेल्ने बताए ।
कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्यहरू, वस्तुगत सङ्घका अध्यक्ष एवं प्रतिनिधिहरू, सङ्घका पदाधिकारी एवं सदस्यहरू लगायतले बोलेका थिए ।विभिन्न कृषि क्याम्पसका शिक्षक एवं विद्यार्थीहरूको समेत कार्यक्रममा उपस्थिति थियो । कार्यक्रम स्थलमा कोदोका विभिन्न उत्पादन प्रदर्शनी गरिएको थियो ।
कार्यक्रममा कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र जोशी र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
उठेका जिज्ञासा माथि प्रकाश पार्दै कोदो सङ्घ अध्यक्ष डि.बि. बस्नेतले कोदो संरक्षणको मुख्य उद्देश्यले सङ्घ स्थापना भएको बताए । कोदो उत्पादन बढाउने, बाहिर निर्यात गर्ने, उपभोग बढाउने, व्यवसाय बिस्तार गर्ने, उद्योग स्थापना गर्ने लगायतका विविध सुझाव कार्यक्रममा सहभागीहरूले दिएका छन् ।
कार्यक्रममा कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमबारे प्रस्ट्याउने काम कृषि उद्यम केन्द्रका बोर्ड सदस्य सुनिता न्यमाफुकीले गरेकी थिइन् ।
‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ मूल नारासहित मनाइएको कार्यक्रमको सञ्चालन उद्यम केन्द्रका सदस्य प्रल्हाद दाहालले गरेका थिए ।
कृषि मन्त्रालयको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८०/८१ मा २ लाख २४ हजार ९३५ हेक्टरमा कोदोजन्य बाली खेती भएको थियो । ३ लाख ७ सय ३२ मेट्रिक टन कोदो उत्पादन भएको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण