नेप्सेले तोड्यो २९०० को सपोर्ट जोन, ६३ अङ्कले बजार घट्दा १३ अर्बको कारोबार
काठमाडौँ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ ।
आइतबार बजार ६३.७३ अङ्कले घटेर २८५८.९० अङ्कमा झरेको हो । अघिल्लो दिन २९२२ अङ्कमा बन्द भएको बजारले २७८० देखि २९०० सम्मको सपोर्ट जोन कायम गरेको थियो । यसलाई तोड्दै बजार तल झरेको हो ।
बजारमा आज १३ अर्ब ७ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन १५ अर्ब माथिको कारोबार भएको थियो । यसले नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको देखिन्छ ।
आज कारोबारमा आएका कुल कम्पनीमध्ये जम्मा १६ वटा कम्पनीको मूल्य बढ्दा २३३ कम्पनीको मूल्यमा गिरावट आएको छ । यसले बजारमा बिक्री चाप अत्यधिक रहेको देखाउँछ ।
आज बजारका सबै समूहका परिसूचक घटेका छन् । अन्य र माइक्रोफाइनान्स समूहमा ३ प्रतिशत भन्दा बढीको गिरावट छ । बैंकिङ, जीवन बीमा, इन्भेष्टमेन्ट र उत्पादनमूलक कम्पनीको सूचक पनि २ प्रतिशत भन्दा धेरैले घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी अगाडि छ। उक्त कम्पनीको ७५ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ र त्यसैगरी, हिमालयन रिइन्स्योरेन्सको ७१ करोड ५५ लाख र हिमालयन डिष्टिलरीको ५८ करोड ८२ लाखको कारोबार भएको छ ।
आज बजारमा ट्रेड टावर र शिवश्री हाइड्रोको शेयरमा सकारात्मक सर्किट लाग्दा सान्भी इनर्जी र समता घरेलु लघुवित्तमा नकारात्मक सर्किट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण