प्रचण्डले आत्मालोचना गर्नुपर्दैन : अग्नि सापकोटा
सारांश
- माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्ष प्रचण्डले आत्मालोचना गर्नुपर्ने कुनै कारण नभएको बताए।
- स्थायी समिति बैठकमा छलफलपछि उनले नेतृत्वको विकल्प नभएको र समाजवादी क्रान्तिको आधार तयार गर्ने कुरामा जोड दिए।
- उपमहासचिव जनार्दन शर्माले भने ३१ लाखबाट ११ लाखमा जनमत झर्नु नेतृत्वको कमजोरी भएको बताएका थिए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचना गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । स्थायी समिति बैठकमा भएको छलफलबारे आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीलाई जानकारी गराउँदै उनले नेतृत्वले आत्मालोचना गर्नु नपर्ने बताएका हुन् ।
‘अधिकांश सदस्यले नेतृत्वको विकल्प छैन भनेर धारणा राख्नुभएको छ । जर्नादनले नेतृत्वको विषयमा बोल्नुभएको छैन । समाजवादी क्रान्तिको आधार तयार गर्ने भनिएको छ । विचार निर्माण, संगठन सबै नेतृत्वले गर्ने हो । नेतृत्व विकासका लागि व्यवस्थित गर्नुपर्छ । तर अहिले प्रचण्डको विकल्प छैन’, उनले भने ।
उपमहासचिव जनार्दन शर्माले ३१ लाख जनमत ११ लाखमा झर्नुको कारण नेतृत्वको कमजोरीका कारण भएकाले आत्मालोचना गर्नुपर्ने मत राखेका थिए । त्यसको जवाफमा सापकोटाले भने– ‘राजनीतिमा ३१ लाखबाट ११ लाखमा झर्यो भने ११ लाखबाट ३१ लाखमा पनि पुग्न सक्छ । अध्यक्षले आत्मालोचना गर्न केही काम गर्नुभएको छैन । एकाधले भनेको कुनै अर्थ छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण