राजीनामा घोषणा पश्चात मुख्यमन्त्री लामा काठमाडौँ प्रस्थान
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा घोषणा गरेपश्चात काठमाडौँ हानिएका छन् ।
राजीनामा घोषणा गरेपश्चात उनी प्रमुख स्वकीय सचिव छत्रबहादुर लामालाई राजीनामा पत्र बुझाउने जिम्मा छाडेर काठमाडौँ हिँडेका हुन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका उनले प्रमुख स्वकीय सचिव लामालाई राजीनामा बुझाउने जिम्मा दिएको बताए । प्रमुख स्वकीय सचिव लामाले भोलि मात्रै प्रदेश प्रमुख दीपक देवकोटालाई राजीनामा बुझाउने लामाले बताए ।
‘मैले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको छु । सार्वजनिक रूपमा घोषणा पनि गरिसके । आज नै बुझाउने भनेको प्रदेश प्रमुख ज्यू उपचारमा रहनु भएकाले भोली मात्र बुझाउने काम हुन्छ,’ उनले भने, ‘उहाँ हेटौँडा भएको भए आजै बुझाउने थिए । उहाँ भोली आउने भएकाले स्वकीय सचिवलाई जिम्मा छाडेको छु । उहाँ आउनुभए भेटेर दिने अन्यथा कार्यालयमा दर्ता गरेर छाड्ने गरी निर्देशन गरेको छु ।’
प्रदेश प्रमुख देवकोटा स्वास्थ्य उपचारपछि आज मात्रै अस्पतालबाट डिस्चार्ज भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण