प्रसाईंविरुद्धको आपराधिक लाभ कसुरको मुद्दा न्यायाधीश उपाध्यायको इजलासमा
सारांश
- दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको मुद्दा काठमाडौं जिल्ला अदालतमा पेशी तोकिएको छ।
- यसअघि, तीन लाख धरौटीमा छाड्ने आदेश दिइएको थियो र हरिचन्द्र फुयललाई भारतबाट पक्राउ गरिएको थियो।
- फुयलले व्यवसायीलाई धम्क्याएर दुर्गा प्रसाईंको अभियानलाई सहयोग गर्न दबाब दिने गरेका थिए।
काठमाडौँ । दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध सङ्गठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा दर्ता भएको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासमा पेसी तोकिएको छ ।
यसअघि २०८१ माघ ६ मा जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथर घर भएका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भएर बिर्तामोड बस्दै आएका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रतिवादी मध्ये हरिचन्द्र फुयललाई भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको पाइएपछि पक्राउ गरिएको थियो । फुयलले नेतृत्वको दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण