हेटौँडा पुगे प्रदेश प्रमुख, राजीनामा प्रक्रिया सुरु हुने
सारांश
- बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा स्वास्थ्य लाभपछि कार्यालयमा फर्किएका छन्।
- मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिने घोषणा गरेका थिए, जसले गर्दा प्रक्रिया सुरु हुनेछ।
- मुख्यमन्त्री लामा संसदीय दलको निर्वाचनमा पराजित भएपछि र पार्टीको निर्देशनपछि राजीनामा दिन लागेका हुन्।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा स्वास्थ्य लाभपछि कार्यालयमा उपस्थित भएका छन् । सोमबार सिमरा हुँदै उनी हेटौँडास्थित कार्यालयमा पुगेका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश प्रमुख देवकोटा गत साउन १५ गते काठमाडौँको धापासीस्थति ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए । उनी आइतबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।
प्रदेश प्रमुख आएसँगै अब मुख्यमन्त्रीको राजीनामा प्रक्रिया सुरु हुनेछ । मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
लामा २०८१ को साउन ९ गते मुख्यमन्त्री बनेका थिए । लामाले एक वर्ष सरकारको नेतृत्व गर्दै संसदीय दलको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री लामालाई पार्टी सभापति शेर बहादुर देउवा पनि पद छाड्न निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण