रुपन्देहीको मर्चवारी गाउँपालिकाका वडाध्यक्षसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सोमबार, १९ साउन २०८२, १५ : ०७
सारांश
- रुपन्देहीको मर्चवारीका वडाध्यक्ष जनार्दन यादवविरुद्ध ३ लाख घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ।
- वडाध्यक्षले योजनाको भुक्तानी सिफारिसका लागि घुस मागेको अख्तियारको आरोप छ।
- गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन पाण्डेमार्फत घुस लिएको पुष्टि भएको छ।
काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादव र सिद्धार्थनगर नगरपालिका–९ का विपिन कुमार पाण्डेविरुद्ध तीन लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार वडाध्यक्ष यादवले विभिन्न योजनाको भुक्तानी सिफारिस गर्न सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस मागेका थिए। सो रकम गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन पाण्डेमार्फत लिइसकेको अवस्थामा अख्तियारको टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको थियो।
दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालत काठमाडौंमा सोमबार आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण