हायू परिवार
गाडी चढेर सिन्धुली फर्कियाे हायू परिवार
सोमबार, १९ साउन २०८२, १५ : ३०
सारांश
- साउन ८ गतेदेखि बेपत्ता भएको हायू परिवार पोखरामा फेला परेको थियो।
- परिवारलाई पोखराका मेयर र वडा अध्यक्षले बिदाइ गरे।
- ऋण तिर्न वडा कार्यालयले सहजीकरण गर्ने भएपछि उनीहरू गाउँ फर्किए।
पोखरा । यही साउन ११ गते पोखरा आएका हायू परिवार सोमबार सिन्धुली फर्किएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट साउन ८ गतेदेखि बेपत्ता भएको हायू परिवार पोखरामा भेटिएको थियो । आज गोलन्जोर गाउँपालिका–६ वडाध्यक्ष रविन श्रेष्ठको साथमा उनीहरू गाउँ फर्किएका हुन् ।
हायु परिवारलाई पोखराका मेयर धनराज आचार्य र पोखरा महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दुर्गा सुवेदीले बिदाइ गरे ।उनीहरूलाई गगनगौंडाबाट गाडी चढाएर पठाइएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
परिवारले लिएको ऋण तिर्नका लागि पनि वडा कार्यालयले सहजीकरण गर्ने प्रतिबद्धता जनाएपछि उनीहरू गाउँ फर्कन तयार भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण