स्थायी समिति बैठक सकिएसँगै के भने जनार्दन शर्माले ?
सोमबार, १९ साउन २०८२, २१ : २०
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठक सफलता पूर्वक सम्पन्न भएको बताएका छन् ।
पार्टी निर्माण र सुदृढीकरणका विषयहरूमा व्यापक बहसका बिचबाट बैठक सम्पन्न भएको उनको भनाइ छ ।
‘पार्टी निर्माण र सुदृढीकरणका विषयहरूमा व्यापक बहसका बिचबाट स्थायी समिति बैठक सफलता पूर्वक सम्पन्न भयो’, उनले सोमबार राति सामाजिक सञ्जालमा लेखेका छन् । बैठकसँगै माओवादीभित्रको अन्तरसंघर्ष तत्कालका लागि हल भएको विश्लेषण गरिएको छ । साउन १६ गतेदेखि तीन दिनसम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर लैजाने विषयमा नेताहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण