स्पर्स छाडेर कीर्तिमानी रकममा एमएलएस जाँदै सन
सारांश
- टोटनह्याम छाड्ने घोषणा गरेका सन ह्युङ मिन लस एन्जलस एफसीसँग अनुबन्धित हुने भएका छन्।
- दक्षिण कोरियाली फरवार्डले स्पर्समा १० वर्ष बिताएपछि क्लब छाड्ने बताएका थिए।
- सम्झौता २ करोड पाउन्डमा हुने र मेडिकल जाँचपछि औपचारिक घोषणा हुनेछ।
लण्डन । प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर्स छाड्ने घोषणा गरेका सन ह्युङ मिन एमएलएस क्लब लस एन्जलस एफसी (एलएफसी) सँग अनुबन्ध हुने भएका छन् । उनले करिब २ करोड पाउन्डमा क्लबसँग करार सम्झौता गर्न लागेका हुन् ।
दक्षिण कोरियाली फरवार्ड गत शनिबार क्लबमा १० वर्ष बिताएपछि स्पर्स छाड्ने बताएका थिए । बीबीसी स्पोर्टले ३३ वर्षीय खेलाडी कीर्तिमानी रकममा एमएलएसमा आबद्ध हुनसक्ने जनाएको छ । यसअघि एटलान्टाले एमानुयल लाट्टेलाई मिडल्सब्रोबाट २.२५ करोड पाउन्डमा खरिद गरेको थियो ।
स्थानान्तरणको अन्तिम छलफल जारी रहेको छ । तर, अब करारमा हस्ताक्षर र मेडिकल मात्र बाँकी रहेको बताइएको छ ।
सनको स्पर्ससँग सन् २०२६ सम्मको करार रहेको थियो । आइतबार खेलिएको सियोलमा न्युक्यासलसँगको खेल उनको अन्तिम खेल हुनसक्ने बताइएको छ ।
सन् २०१५ मा बायर लेभरकुजनबाट सन टोटनह्याम पुगेका थिए । उनले क्लबबाट ४५४ खेल खेल्दै १७३ गोल गरेका छन् । गत मेमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै युरोपा लिगको उपाधि जित्दा उनी टोलीका कप्तान थिए । क्लबले १७ वर्षपछि कुनै उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण