‘कुलिङ अफ पिरियड’ छेडखानी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
सारांश
- सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको 'कुलिङ अफ पिरियड' सम्बन्धी व्यवस्थामा छानबिन गर्न बनेको समितिले प्रतिवेदन पेश गर्यो।
- समितिले राज्य व्यवस्था तथा सुशासन समिति सभापति र सचिवले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकाल्यो।
- प्रतिवेदनमा ६ परिच्छेद र ४ अनुसूची समावेश गरिएको छ, जसमा राजनीतिक र कर्मचारीको आचरणबारे उल्लेख छ।
काठमाडौँ । ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् ।
असार २३ गते प्रतिनिधिसभा बैठकबाट छानबिन समिति बनेको थियो । समितिलाई पहिला २१ दिन समय दिइएको थियो । पछि ७ दिन थपिएको थियो । त्यो समय साउन १८ गते नै सकिए पनि मंगलबार मात्रै प्रतिवेदन सभामुखलाई बुझाएको थियो ।
प्रतिवेदनमा ६ परिच्छेद र ४ अनुसूची समावेश गरिएको सभापति परियारले जानकारी दिए । परिभाषित जिम्मेवारीमा रहेकाले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको देखिएको परियारले बताए । राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक तथा कर्मचारीलाई पदीय आचरण पूरा नगरेको देखिएको प्रतिवेदनमा राखिएको परियारले बताए ।
कांग्रेस सांसद परियार सभापति रहेको समितिले सङ्घीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएको विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण