नेप्से परिसूचक उच्च अङ्कले घट्यो, कारोबार रकम ९ अर्ब मात्रै
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार १६ अङ्कले बढेको नेप्से परिसूचक मंगलबार उच्च अङ्कले घटेर बन्द भएको छ ।
मंगलबार नेप्से परिसूचक ४१.७८ अङ्कले घटेर २ हजार ८३३.५७ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.५१ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.७७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२६ अङ्कले घटेको छ ।
मंगलबार कारोबारमा आएका ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार कित्ता सेयर ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार करिब ११ अर्बको सेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । अन्य उपसमूहको परिसूचक २.७६ प्रतिशत घटेको छ ।
आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा समाज लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। तर यता थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको ३९ करोड २८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण