चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया : अन्तर्वार्ताको मिति सार्वजनिक
सारांश
- स्वास्थ्य मन्त्रालयले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पदका लागि अन्तर्वार्ताको मिति सार्वजनिक गरेको छ।
- पाटन, पोखरा, कर्णाली र वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्वार्ता हुनेछ।
- उपकुलपति पदका लागि ५५ आवेदन परेकोमा ४५ जना वास्तविक आवेदक थिए, जसमा २४ जना सर्टलिस्टमा परेका छन्।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका उपकुलपति पदमा नियुक्तिका लागि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणको मिति सार्वजनिक गरेको छ।
पाटन, पोखरा, कर्णाली र वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि छुट्टाछुट्टै मितिमा अन्तर्वार्ताको तालिका तय गरिएको मन्त्रालयले जनाएको छ। उपकुलपति सिफारिस समितिबाट सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता स्वास्थ्य मन्त्रालय परिसरमै सञ्चालन हुनेछ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक आवेदन आह्वान गरेको उपकुलपति पदका लागि ५५ वटा आवेदन परेको थियो, तर तीमध्ये वास्तविक आवेदकको संख्या ४५ रहेको बताइएको छ। प्रारम्भिक मूल्यांकनपछि समितिले २४ जनाको नाम सर्टलिस्टमा समावेश गरेको हो।
अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणपछि सिफारिस समितिले प्रत्येक प्रतिष्ठानका लागि योग्य उम्मेदवारको नामावली कुलपतिसमक्ष सिफारिस गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण