नाइमा मोबिलिटी एक्स्पो २०२५ : प्रोटोन ईमास ७ मा विशेष अफर
सारांश
- जगदम्बा मोटर्सले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा प्रोटोन इमास ७ मा विशेष अफर सार्वजनिक गर्दैछ।
- कम्पनीले ४ वर्षको लागि ०% ब्याजदर र ८ वर्षको ब्याट्री वारेन्टी सहित विभिन्न सुविधा दिने घोषणा गरेको छ।
- जगदम्बा मोटर्सले देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना बनाएको छ।
काठमाडौँ । प्रोटोनको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा सहभागी हुँदैछ । कार्यक्रममा कम्पनीले नयाँ प्रविधियुक्त प्रोटोन इमास ७ मा विशेष अफरहरूको घोषणा गर्दै देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ ।
मलेसियाको पहिलो विद्युतीय सवारी प्रोटोन इमास ७ ले मलेसियामा आफ्नो सेगमेन्टमा नम्बर १ ईभीको स्थान हासिल गरिसकेको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा विशेष रूपमा घोषणा गरिएका अफर:
• जगदम्बा फाइनान्सिङमार्फत ४ वर्षको लागि ०% ब्याजदर, जसअन्तर्गत ६० मिनेटभित्र ऋण स्वीकृत गरिन्छ।
• ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलिज वारन्टी ।
• २.९९ लाखको सिधा नगद छुट, साथै थप सुविधाहरू ।
• एक्सचेन्जमा उत्कृष्ट मूल्यांकन, तपाईंको पुरानो गाडीको उच्चतम मूल्य सुनिश्चित ।
• नि:शुल्क अटो प्लस बीमा, व्यापक कभरेज प्रदान ।
• इमास असिस्टेन्ट प्लस, जसमा प्रिमियम रोडसाइड सहायता सेवा र तत्काल सहयोगका लागि विशेष ह्वाट्सएप ग्राहक सहायता च्याट समावेश ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘प्रोटोन एमास ७ को आगमन र हाम्रो सेवा सञ्जालको विस्तारसँगै, हामी प्रत्येक नेपाली ग्राहकका लागि विद्युतीय सवारीलाई अझ पहुँचयोग्य, भरपर्दो र आकर्षक बनाउन प्रतिबद्ध छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण