बिरामीलाई अनावश्यक रिफर नगर्न स्वास्थ्य संस्थालाई बोर्डको आग्रह
सारांश
- स्वास्थ्य बीमा बोर्डले सूचीकृत स्वास्थ्य संस्थाहरूलाई बिरामीलाई अनावश्यक रिफर नगर्न आग्रह गरेको छ।
- उपचार सम्भव हुँदाहुँदै अन्यत्र पठाउने प्रवृत्ति बढेकाले बोर्डले यस्तो आग्रह गरेको हो।
- बोर्डका अनुसार, स्वास्थ्य बीमा ऐन र नियमावली अनुसार पहिलो सेवा विन्दुले उपचार सेवा दिनुपर्छ।
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा विन्दुको रुपमा सूचीकृत स्वास्थ्य संस्थाहरूलाई बीमा गरेका बिरामीको अनावश्यक रूपमा अन्यत्र रिफर नगर्न आग्रह गरेको छ ।
आफ्नै संस्थामा उपचार सम्भव हुँदाहुँदै पनि बिरामीलाई अन्यत्र पठाउने प्रवृत्ति बढेकाले अनावश्यक रूपमा अन्यत्र रिफर नगर्न आग्रह गरेको बोर्डका उपसचिव पुण्यमाया गुरागाईँले जानकारी दिइन् ।
केही स्वास्थ्य संस्थाहरूले आफूसँग पर्याप्त क्षमता र सेवा उपलब्ध हुँदाहुँदै पनि बिरामीलाई सेवा नदिई अन्यत्र पठाउने गरेको पाइएको उनको भनाइ छ । यस्तो कार्य स्वास्थ्य बीमा ऐन नियमावली तथा चिकित्सकीय आचरणविपरीत भएको उनले बताइन् ।
स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली, २०७५ अनुसार प्रथम सेवा विन्दुले बीमितलाई आवश्यक उपचार सेवा उपलब्ध गराउनुपर्छ । सेवा दिन नसक्ने अवस्थामा मात्र कारण खुलाएर नजिकको अर्को स्वास्थ्य संस्थामा पठाउने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण