सप्तरी गोली काण्ड : सदरमुकाम राजविराज तनावग्रस्त
बुधबार, २१ साउन २०८२, १५ : ४२
सप्तरी । सप्तरीमा गएराति प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका लालु यादवको विषयलाई लिएर सदरमुकाम राजविराज तनावग्रस्त बनेको छ ।
घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्त प्रदर्शनमा उत्रिएपछि बुधबार दिउँसो राजविराज तनावग्रस्त बनेको हो ।
उनीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको जनाइएको छ ।
प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्दै राजविराजको मुख्य सडक अवरुद्ध पारेका छन् ।
बिहानदेखि नै प्रहरी गेट अगाडि नै उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।
गएराति प्रहरीले चलाएको गोलीबाट राजगढ गाउँपालिका वडा नम्बर -२ निवासीयादवको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को पहिलो ‘रेड कार्ड ’: दक्षिण अफ्रिकाका याया सिथोले मैदान बाहिर
-
पहिलो हाफ सकिँदा आयोजक मेक्सिको १–० ले अगाडि
-
क्विनोनेसको गोलमा आयोजक मेक्सिकोलाई सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ सुरु: उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिका मैदानमा, घन्कियो राष्ट्रिय गान
-
फिफा विश्वकप २०२६ सुरु: मेक्सिकोलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण