‘संविधान संशोधनको विषय कहाँ पुग्यो ?’
सारांश
- एमाले सांसद गोकुल बाँस्कोटाले संविधान संशोधनको विषयबारे प्रश्न उठाए।
- सांसद बाँस्कोटाले सरकारले संविधान संशोधन प्रक्रिया अघि नबढाएकोमा असन्तुष्टि जनाए।
- उनले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन खोजिएको भन्दै सचेत रहन आग्रह गरे।
काठमाडौँ । नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले संविधान संशोधनको विषय कहाँ पुग्यो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बाँस्कोटाले वर्तमान सकारले केही सकारात्मक काम गरेको भए पनि संविधान संशोधनको प्रक्रिया अगाडि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले अहिले दलहरूले केही गर्न नसकेको भन्ने भाष्य स्थापित गरेर लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन खोजिएकोप्रति सबै सचेत हुन आवश्यक रहेको बताए । बाँस्कोटाले संविधान संशोधनप्रति गरिएको प्रतिबद्धता अझै कार्यान्वयन नहुँदा सार्वजनिक रूपमा सरकारमाथि प्रश्न उठिरहेको बताए ।
उनले भने, ‘यो समीकरणले केही कुराहरू उठाएको थियो । तर भन्नुपर्छ–संविधान संशोधनको विषय कहाँ पुग्यो ? त्यो विषय अब अगाडि आउनुपर्छ । र हामीले आफूले आफूलाई पनि समीक्षा गर्नुपर्छ । सुधार्ने ठाउँहरूमा सुधार गर्न तयार हुनुपर्छ । सुध्रिनुपर्ने ठाउँमा सुध्रिनका लागि पनि तयार हुनुपर्छ । अहिले एउटा भाष्य निर्माण गर्न खोजिँदै छ । यो व्यवस्थालाई कमजोर बनाउनको निम्ति कसैले केही गरेन भन्ने जुन भाष्य निर्माण गर्न खोजिँदै छ । यो लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने कुरा हो । पङ्गु बनाउने कुरा हो । अरूलाई दोष थुपारेर आफू उम्किने कुरा पनि हो । लोकतान्त्रिक अभ्यासलाई अझै सुदृढ र गतिशील बनाउनुपर्छ ।’
उनले लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ र गतिशील बनाउन सबै राजनीतिक शक्ति गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औँल्याए । उनले नयाँ राजनीतिक दलहरू लोकप्रियतावादमा लागेको आरोप लगाए । उनले संसद् बहिस्कार गरेर व्यवस्था कमजोर बनाउनुभन्दा सुदृढ बनाउन भूमिका खेल्न समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण