कांग्रेस महामन्त्री शर्माले आफ्नै पार्टीका गृहमन्त्री लेखकमाथि उठाए प्रश्न
सारांश
- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रमेश लेखकमाथि सहकारी ठगी प्रकरणमा जीवी राईलाई कारबाही नगरेको आरोप लगाए।
- शर्माले राईका सहकर्मी पक्राउ परे पनि उनलाई मलेसियाबाट नेपाल ल्याउन नसकेको भन्दै गृहमन्त्रीको आलोचना गरे।
- उनले सहकारी ठगी पीडितलाई रकम फिर्ता गर्ने निर्णय कार्यान्वयन नभएकोमा पनि प्रश्न उठाए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै पार्टीका गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाएका छन् । विभिन्न सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई कारबाहीको दायरामा ल्याउन किन ढिलाइ गरेको भन्दै महामन्त्री शर्माले गृहमन्त्री लेखकमाथि प्रश्न उठाएका हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री शर्माले सहकारी ठगी प्रकरणमा राईका सहकर्मी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउँदा राईलाई किन पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री लेखकमाथि प्रश्न उठाएका हुन् ।
‘गृहमन्त्री ज्यूलाई म सोध्न चाहन्छु, सहकारी ठग कोही जेल गए तर कोही कैयौँलाई अझै पनि कारबाहीको दायरामा ल्याउनलाई ढिलाइ किन भइरहेको छ ? जीवी राईका दुई थान पार्टनर जेलमा छन् तर उनलाई मलेसियाबाट नेपाल ल्याउने प्रक्रिया किन परिणाममा पुगेको छैन ?,’ शर्माले संसदमा गृहमन्त्रीसँग सोधे ।
सहकारी सञ्चालक राई फरार भएयता तीन जना गृहमन्त्री भए पनि राईलाई नेपाल झिकाउन नसकेको भन्दै उनले यो घटनालाई कूटनीतिक असफलताको संज्ञा दिए । ‘राई मलेसिया रहेको जानकारीमा आएपछि नेपालमा तीन जना गृहमन्त्री बन्नु भएछ । हाम्रो कूटनीतिक र प्रशासनिक शक्ति नै यति कमजोर छ कि हामी हजारौँ नेपालीलाई ठगेको टिमको उपनायकलाई पक्राउ गरेर नेपाल ल्याउन सक्दैनौ, म यो प्रश्न गर्न चाहन्छु,’ शर्माले भने ।
शर्माले सहकारी ठगीमा पीडित बनेका बचतकर्तालाई पाँच लाखसम्मको रकम सरकारले अध्यादेश नै जारी गरेर फिर्ता गर्ने निर्णय गरे पनि अहिलेसम्म किन फिर्ता नगरेको भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण