लोकतान्त्रिक व्यवस्था बाहिर गएर कुनै पनि कानुन बन्दैन : मन्त्री चौरसिया
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले लोकतान्त्रिक व्यवस्था बाहिर गएर कुनै पनि कानुन नबन्ने बताएका छन् ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सञ्चारमाध्यमहरू अब जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने कानुन बनाउन लाग्नुभएको हो भन्ने सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले कुनै पनि कानुन लोकतान्त्रिक व्यवस्था भन्दा बाहिर त्यो सिद्धान्त भन्दा बाहिर गएर नआउने बताए ।
त्यस्तो प्रावधान राखिएको भए सच्याउन सकिने बताए । यसबारेमा एक पटक सञ्चारमन्त्रीसँग कुरा गर्न सुझाव दिए ।
उनले भने,‘कुनै पनि कानुन लोकतान्त्रिक व्यवस्था भन्दा बाहिर त्यो सिद्धान्त भन्दा बाहिर गएर आउँदैन । आएको रहेछ भने हेरौँला । एक पटक सञ्चारमन्त्रीजीसँग कुरा गर्नुहोला । उहाँले ल्याउनुभएको कुरा कसरी आउँछ, उहाँलाई थाहा नभएर ?’
मन्त्रीपरिषद्बाट पारित भएर संसद्मा पुगेपछि मात्रै कानुन मन्त्रालय जवाफदेही बन्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण