९ किलोग्राम गाँजासहित मोटरसाइकल चालक पक्राउ
बिहीबार, २२ साउन २०८२, १० : ५३
सारांश
- उदयपुरको बेलका नगरपालिकामा ९ किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्।
- प्रहरीले सप्तरी जाँदै गरेको मोटरसाइकल जाँच गर्दा गाँजा फेला पारेको हो।
- पक्राउ पर्नेमा बेलका नगरपालिकाका सुनिल श्रेष्ठ छन्, र थप अनुसन्धान जारी छ।
उदयपुर । उदयपुरको बेलका नगरपालिका–१ आमबासीबाट ९ किलोग्राम अवैध लागू औषध गाँजासहित एक जना व्यक्ति पक्राउ परेका छन्।
सप्तरीको फत्तेपुरतर्फ गइरहेको प्रदेश १–०५–००१ प ९४७८ नम्बरको मोटरसाइकल आमबासीस्थित प्रहरी बिटबाट खटिएको टोलीले जाँच गर्दा चालकले बोकेको झोलामा लुकाइएको अवस्थामा ९ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक बेलका नगरपालिका–३, मोरङ्गे टोल निवासी करिब ३५ वर्षीय सुनिल श्रेष्ठलाई गाँजासहित नियन्त्रणमा लिइएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण