विभिन्न स्थानमा ५ जना मृत फेला
सारांश
- नेपालका विभिन्न स्थानमा ५ जना मृत फेला परेका छन्, प्रहरीले जनाएको छ।
- दाङ, मोरङ, भोजपुर, प्युठान र महोत्तरीमा विभिन्न व्यक्तिको शव फेला परेको हो।
- प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१७ पनौरास्थित कटुवा खोलामा सोही उपमहानगरपालिका-१७ धोब्बे चोक डेरा गरी बस्ने बंगलाचुली गाउँपालिका-५ मुर्कुटी घर भएका दुर्गा वलीको छोरा १० वर्षीय नविन वली बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, केराबारी गाउँपालिका-२ बस्ने ३६ वर्षीय वीर बहादुर लिम्बु सोही गाउँपालिका-२ स्थित समेवा खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
भोजपुर, आमचोक गाउँपालिका-२ बोबेक बस्ने ५९ वर्षीय जगत बहादुर राई सोही ठाउँस्थित गोरेटो बाटो छेउको खोल्सोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
प्युठान, स्वर्गद्वारी नगरपालिका-९ लामाचौरस्थित माडी खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरी, मनरा शिसवा नगरपालिका-१ मनरा बस्ने ५० वर्षीय महेश्वर मण्डल सोही ठाउँस्थित खेतमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण