बागमती सरकार समावेशी बनाउन माग गर्दै देउवा निवासमा डेलिगेसन
सारांश
- नेपाल दलित संघले बागमती प्रदेश मन्त्रिपरिषद् समावेशी हुनुपर्ने माग गर्दै देउवालाई ध्यानाकर्षण गराएको छ।
- दलित तथा सिमान्तकृत समुदायको प्रतिनिधित्व गराउन देउवालाई आग्रह गरिएको थियो, र उनले आश्वासन दिए।
- भेटमा कांग्रेस केन्द्रीय सदस्य सुजाता परियारको समेत सहभागिता रहेको थियो।
हेटौँडा । बागमती प्रदेश मन्त्रिपरिषद् समावेशी हुनुपर्ने माग गर्दै नेपाल दलित संघ काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा डेलिगेसन पुगेको छ ।
बिहीबार नेपाल दलित संघ काठमाडौँका अध्यक्ष सुरेश परियारको नेतृत्वको टोली बुढानीलकण्ठ पुगेर सभापति देउवालाई ध्यानाकर्षण गराएको हो ।
सो क्रममा बागमती प्रदेश सरकारमा दलित तथा सिमान्तकृत समुदायको प्रतिनिधित्व गराउन देउवालाई ध्यानाकर्षण गराइएको बुढानीलकण्ठ पुगेका एक नेताले बताए ।
हाल प्रदेशमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । बानियाँ नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाउने चरणमा रहेकाले दलित समुदायको प्रतिनिधित्व हुनुपर्ने उनीहरूको धारणा थियो । यसअघिका मन्त्रिमण्डलमा दलित समुदायलाई नसमेटिएकाले यो पटक भने त्यसो हुन नहुने उनीहरूको धारणा थियो ।
सो क्रममा उनीहरूले हाल गठित बानियाँ नेतृत्वको सरकारले समावेशीताको मुद्दालाई निष्कर्ष दिनेगरी दलित, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न र आफ्नो अधिकार प्राप्तिको लागि पहल गरिदिन समेत देउवालाई आग्रह गरेका थिए ।
उक्त भेटमा सभापति देउवाले कांग्रेस समावेशी सहभागिताको एजेन्डाबाट अलग नभएको र सबैलाई न्याय हुनेगरी समावेशी सहभागिताको पहल गर्ने आश्वासन दिए ।
भेटमा कांग्रेस केन्द्रीय सदस्य सुजाता परियारको समेत सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण