अपडेट
रामहरिलाई राज्य व्यवस्था समितिको सभापतिमा बस्ने अधिकार छैन : प्रचण्ड
बिहीबार, २२ साउन २०८२, १६ : ०७
सारांश
- प्रचण्डले सङ्घीय निजामती विधेयकमा भएको त्रुटिका कारण रामहरि खतिवडालाई सभापति पदमा बस्ने अधिकार नभएको बताए।
- प्रचण्डले नैतिक रूपमा खतिवडाले राजीनामा दिनुपर्ने र राजनीति सुरक्षित गर्नुपर्ने धारणा राखे।
- अखिल क्रान्तिकारीले काठमाडौंमा गरेको शैक्षिक संवादमा प्रचण्डले यस्तो कुरा राखेका हुन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटिपछि संसद्को राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई उक्त पदमा बस्ने अधिकार नभएको बताएका छन् ।
बिहीबार अखिल क्रान्तिकारीले काठमाडौँमा गरेको शैक्षिक संवादका क्रममा पूर्वप्रधानमन्त्री तथा राज्य व्यवस्था समितिका सदस्य समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।
‘नैतिक रूपमा राज्य व्यवस्थाका सभापति रामहरि खतिवडाले समितिको सभापति पदमा बस्ने अधिकार छैन’, प्रचण्डले भने- ‘राजीनामा दिएर राजनीति सुरक्षित गर्न सक्नुहुन्छ ।’ उनले खतिवडाले त्यसो नगरे गल्ती हुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण