शिक्षा समिति बैठक
शिक्षा समितिबाट प्रधानाध्यापक शिक्षक महासङ्घको सदस्य नरहने प्रस्ताव पारित
बिहीबार, २२ साउन २०८२, १७ : २६
सारांश
- प्रतिनिधिसभा समितिले शिक्षक प्रधानाध्यापकमा नियुक्त भए महासंघको सदस्यता स्वतः निष्क्रिय हुने प्रस्ताव पारित गर्यो।
- प्रधानाध्यापक रहेसम्म महासंघको कुनै गतिविधिमा भाग लिन नपाउने व्यवस्था पनि पारित गरियो।
- समितिले प्रधानाध्यापक सदस्यले थप सुविधा वा छुट नपाउने निर्णय गरेको छ।
काठमाडौँ । नेपाल शिक्षक महासङ्घको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा नेपाल शिक्षक महासङ्घको सदस्यता स्वतः निष्क्रिय हुने प्रस्ताव प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको छ ।
समिति सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकले महासङ्घको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा निजको सदस्यता प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने पारित गरेको हो ।
निज प्रधानाध्यापक रहँदासम्म महासङ्घको तर्फबाट कुनै गतिविधि गर्न नपाउने व्यवस्था समिति बैठकले पारित गरेको हो ।
महासङ्घको सदस्य भएका कारणले त्यस्तो सदस्यले थप सेवा सुविधा प्राप्त गर्न र आफ्नो जिम्मेवारी वा दायित्व निर्वाह गर्नबाट कुनै किसिमको छुट नपाउने व्यवस्था पनि समिति बैठकबाट पारित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण