भदौ दोस्रो साताबाट आन्दोलन गर्ने शिक्षक महासङ्घको निर्णय
सारांश
- नेपाल शिक्षक महासंघले भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको छ।
- शिक्षा विधेयक पूर्वसहमति अनुसार अघि नबढेको भन्दै महासंघले आन्दोलन गर्ने जनाएको छ।
- आन्दोलनका कार्यक्रमका लागि समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्नेछ।
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौँमा बसेको महासङ्घको बैठकले पूर्व सहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने उनले जानकारी दिए । त्यसअघि भदौ ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको अध्यक्ष सुवेदीले बताए । उनले शिक्षा समितिमा विधेयकमाथि के भइरहेको भन्ने आफूलाई जानकारी नभएको उल्लेख गर्दै प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै विधेयकले सम्बोधन गरेका विषयको आकलन गरिने जिकिर गरे ।
बैठकमा सरकारसँग भएको सहमतिपछि अहिलेसम्मको अवस्थामा बारेमा समीक्षा गरिएको उनले बताए । समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट हुने गरी र विद्यालय शिक्षाका समस्या समाधान गर्ने गरी विधेयक आउने जस्तो नदेखिएको महासङ्घको बुझाइरहेको सुवेदीले बताए ।
सरकारले असार १५ मै विद्यालय शिक्षा विधेयक टुङ्गोमा पुर्याउने प्रतिबद्धता जनाएको थियो । तर, सहमतिअनुसार विधेयक टुङ्गोमा नपुगेपछि महासङ्घ आक्रोशित बनेको हो। विधेयक अहिले पनि शिक्षा समितिमै रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण