फोहरमैला प्रशोधन केन्द्रमा उपकरण जडान
सारांश
- शुक्लागण्डकी नगरपालिकाले फोहर मैला प्रशोधनका लागि आधुनिक यन्त्र उपकरण जडान सुरु गरेको छ।
- सूर्य नेपालको लगानीमा आवश्यक पूर्वाधार निर्माणको कामसँगै विभिन्न उपकरण ल्याइँदैछ, र असोजभित्र केन्द्र सञ्चालनमा आउनेछ।
- नगरपालिका, ग्रिन रोड र सूर्य नेपालबीच फोहर व्यवस्थापनका लागि त्रिपक्षीय सम्झौता भएको छ, जसअनुसार सूर्य नेपालले २ करोड ४ लाख लगानी गरेको छ।
तनहुँ । शुक्लागण्डकी नगरपालिका शुक्लागण्डकी–५ कसेरीमा फोहरमैला प्रशोधनका लागि आधुनिक यन्त्र उपकरण जडान सुरु गरिएको छ । लामो समयसम्म फोहरमैला व्यवस्थापनमा समस्या भोग्दै आएको नगरपालिकाले आधुनिक उपकरण जडान सुरु गरेको हो ।
फोहरलाई प्रशोधन गरेर मोहरमा बदल्न शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच त्रिपक्षीय सम्झौता भई काम अगाडि बढेको नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले जानकारी दिए । सूर्य नेपालको लगानीमा आवश्यक थप पूर्वाधार निर्माणको कामसँगै फोहरमैला प्रशोधनका विभिन्न उपकरण ल्याइएको छ । असोजभित्र फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको विकले बताए । उनले भने, “प्रशोधन केन्द्र सञ्चालनमा आएपछि अहिलेजस्तो फोहर हुनेछैन । टोल विकास संस्थासँगको सहकार्यमा घरबाटै फोहर वर्गीकरण गरेर सङ्कलन गरिनेछ ।”
गत वैशाख ११ गते शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच फोहरको व्यवस्थापनका लागि त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतालगत्तै कसेरीमा विभिन्न ११ युनिट निर्माणको काम धमाधम भइरहेको छ । ‘भेर्मी कम्पोस्ट पिट’, ‘अग्र्यानिक वेस्ट ओपन ट्रस्ट’, ‘डिस्पोजल वेस्ट ओपन ट्रस्ट’, ‘प्लेटिजिङ प्रोसेस सेन्टर’, ‘प्रिसटिङ एरिया’, ‘एक्जिटिङ प्रोसेस सेन्टर’, विद्युतीय घर, शौचालय, भान्छा, क्यान्टिन हल, कार्यालय र सुरक्षाकर्मी घर निर्माण भइरहेको हो ।
दशवर्षे अवधिका लागि फोहरमैला व्यवस्थापनको त्रिपक्षीय सम्झौता भएको छ । सम्झौताअनुसार शुक्लागण्डकीलाई सूर्य नेपालले रु दुई करोड चार लाखको लगानी गरेको छ । त्यसबाट पूर्वाधार निर्माणसँगै फोहरमैला व्यवस्थापनका विभिन्न उपकरण खरिद गरेर जडान हुनेछ । शुक्लागण्डकीले फोहर व्यवस्थापनको जिम्मेवारी ग्रिन रोडलाई दिएको छ ।
शुक्लागण्डकी नगरपालिकाका वन, वातावरण तथा फोहरमैला व्यवस्थापन शाखाका इन्जिनियर भीम सुवेदीले असोजदेखि फोहर प्रशोधनको काम सुरु गरिने जानकारी दिए । आर्थिक वर्ष २०७४/०७५ को बजेटबाट शुक्लागण्डकी नगरपालिकाले कसेरीमा फोहरमैला सङ्कलनका लागि ट्रस्ट निर्माण गरेको हो । ट्रस्ट निर्माणका लागि रु २४ लाख ७० हजार ८५१ खर्च भएको छ । त्यस्तै २०८०/८१ मा पनि कम्पाउन्ड र ट्रस्ट निर्माणमा रु ५२ लाख ५९ हजार ५३ खर्च भएको जनाइएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा फोहरमैला सङ्कलन केन्द्रसम्म पुग्ने सडक स्तरोन्नति गर्न रु ५२ लाख खर्च भएको थियो भने गत आवमा फोहरमैला व्यवस्थापन केन्द्रमा सेती नदीले कटान गरेपछि करिब रु ४५ लाखको लगानीमा तटबन्धन गरिएको छ । शुक्लागण्डकी नगरपालिकाले हाल बजार क्षेत्रबाट सङ्कलित फोहर सेती नदी किनारमा फाल्दै आएको छ । केन्द्र सञ्चालनमा आएपछि फोहरमैला व्यवस्थापनमा सहज हुने नगरप्रमुख कृष्णराज पण्डितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण