शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

शुक्रबार, २३ साउन २०८२, ०९ : २३
शुक्रबार, २३ साउन २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट स्वदेश फर्किंदै छन्।
  • उनी अवाजामा सम्पन्न भूपरिवेष्ठित राष्ट्रहरूको सम्मेलनमा सहभागी भएका थिए।
  • प्रधानमन्त्री ओली आज राति ११:०५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।

तुर्कमेनिस्तान । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । 

उनी भर्खरै तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरेका हुन् । 

प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः०५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप