दार्चुला र मेलम्ची क्षेत्रमा जलसतह बढ्दो, सतर्क रहन आग्रह
सारांश
- मौसम विज्ञान विभागले दुई स्थानमा वर्षाका कारण सतर्कता अपनाउन आग्रह गरेको छ।
- दार्चुलाको धर्मपानी र आसपासका क्षेत्रमा वर्षा भइरहेको र खोलामा बहाव बढ्न सक्ने सम्भावना छ।
- सिन्धुपाल्चोकको मेलम्ची नदीमा जलसतह सतर्कता तह पार गरिसकेको छ र तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका दुई स्थानमा जारी वर्षा र बढ्दो नदी बहावका कारण सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागको राति ८ बजेको अपडेट अनुसार दार्चुला जिल्लाको धर्मपानी वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्लो एक घण्टामा मध्यम वर्षा मापन गरिएको छ । मौसम पूर्वानुमान अनुसार थप वर्षा हुन सक्ने भएकाले सो क्षेत्रबाट बहने साना खोलाहरूमा बहाव बढ्न सक्ने जोखिम रहेको विभागले चेतावनी दिएको छ। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ ।
यस्तै, राति ७ः१५ बजेको अर्को अपडेटमा, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदी, नाकोटे जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरिसकेको र अझै बढ्ने क्रममा रहेको जनाइएको छ ।
तल्लो नदी तटीय क्षेत्र र डुबान हुने सम्भावना रहेका होचा भू–भागहरूमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण