थाइल्याण्डमा अवैध ऋण लिएको आरोपमा २६ चिनियाँ नागरिक पक्राउ
शनिबार, २४ साउन २०८२, २१ : ०६
थाइल्याण्ड । थाई प्रहरीले अवैध अनलाइन ऋण लिएको आशङ्कामा शनिबार २६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
अधिकारीहरूले बैङ्ककबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको रिसोर्ट शहर पटायामा रहेको सुविधासम्पन्न ‘पूल भिल्ला’मा छापा मारेर चीनबाट एक महिला र २५ जना पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले एएफपीलाई दिएको जानकारीअनुसार केही शङ्कास्पद व्यक्तिको पर्यटक र विद्यार्थी भिसाको म्याद नाघेको थियो ।
प्रहरीले ५३ वटा मोबाइल फोन, चिनियाँ भाषाका कागजात र ८० हजार भाट (दुई हजार ५०० अमेरिकी डलर) नगद बरामद गरेको छ ।
अधिकारीहरूले उक्त समूहलाई अनधिकृत क्रेडिट व्यवसाय सञ्चालन गरेको र राज्यमा गैरकानुनी रूपमा काम गरेको आरोप लगाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण