आइतबार यी स्थानमा वर्षाको सम्भावना
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
हाल बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर साधरणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भागका केही र मधेस प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण