लिलामीमा चढ्यो सिभिल को–अपरेटिभको सोल्टीमोडको जग्गा
सारांश
- सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको सोल्टीमोडस्थित मुख्य कार्यालय भवन लिलामीमा चढेको छ।
- बागमती प्रदेश सरकारले उक्त जग्गा लिलामी गर्न लागेको हो, जसमा इच्छुक व्यक्तिलाई बोलकबोलमा सहभागी हुन आह्वान गरिएको छ।
- जग्गाको न्यूनतम मूल्य प्रतिआना ७५ लाख तोकिएको छ, जसबाट करिब १२ करोड ४० लाख रुपैयाँ उठ्ने अनुमान छ।
काठमाडौँ । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको सोल्टीमोडस्थित मुख्य कार्यालय भवन लिलामीमा चढेको छ । बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले उक्त जग्गालाई लिलामी गर्न लागेको हो ।
आइतबार ३५ दिने सूचना प्रकाशन गर्दै समितिले उक्त जग्गा खरिद गर्न चाहने इच्छुक व्यक्तिलाई बोलकबोलमा सहभागी हुन आह्वान गरेको छ ।
उक्त जग्गाको क्षेत्रफल ५२५.९५ वर्गमिटर रहेको छ । यो १ रोपनीभन्दा केही बढीको अर्थात् १६.५४ आना बराबरको क्षेत्रफल हो । उक्त जग्गाको लागि प्रतिआना ७५ लाख रुपैयाँ बराबरको न्यूनतम मूल्य निर्धारण गरिएको छ । न्यूनतम मूल्यमा बोलकबोल हुँदा यो जग्गाको बिक्रीबाट करिब १२ करोड ४० लाख रुपैयाँ प्राप्त हुने देखिन्छ ।
बोलकबोलमा सहभागी हुन चाहनेलाई ३५ दिनभित्र समितिको कार्यालयमा बोलकबोल अङ्कको १० प्रतिशतसहित बोलपत्र पेस गर्न भनिएको छ । बढीमा तीन फर्म, व्यक्ति वा संगठित संस्थाले मात्रै संयुक्त रूपमा बोलपत्र पेस गर्न सक्ने उल्लेख गरिएको छ ।
सिभिल बागमती प्रदेश अन्तर्गतको पहिलो समस्याग्रस्त सहकारी हो । यो सहकारीमा रकम डुबेको भन्दै १५७७ जनाले ६ अर्ब २१ करोड रुपैयाँ बराबरको मागदाबी पेस गरेका छन् । उक्त सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ सहकारी ठगी प्रकरणमा अहिले कारावासमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण