लिभरपुललाई हराउँदै क्रिस्टलले जित्यो कम्युनिटी सिल्डको उपाधि
सारांश
- क्रिस्टल प्यालेसले पेनाल्टी सुटआउटमा लिभरपुललाई ३-२ गोलले हराएर कम्युनिटी शिल्ड जित्यो।
- निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो।
- क्रिस्टलका जेन फिलिपे माटेटा, इमाएल सार र जस्टिन डेभेनीले गोल गरे।
काठमाडौँ । प्रिमियर लिग च्याम्पियन टोली लिभरपुललाई पेनाल्टी सुट आउटमा हराउँदै क्रिस्टल प्यालेसले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।
आइतबार भएको खेलमा क्रिस्टलले लिभरपुललाई पेनाल्टी सुट आउटमा ३–२ गोल अन्तरले हराएको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो ।
जसमा क्रिस्टलका जेन फिलिपे माटेटा, इमाएल सार र जस्टिन डेभेनीले गोल गरे । क्रिस्टलका बोर्ना सोसा र ब्रेची इच पेनाल्टीमा चुके ।
लिभरपुलका लागि डोमिनिक र कोडी गाक्पोले गोल गर्दा हर्भे इलिटो, एलिक्स माक्स एलिस्टर र मोहम्द सलाह पेनाल्टीमा चुके ।
यसअघि खेलमा सुरुवाती अग्रता लिभरपुलले लिएको थियो । लिभरपुलका लागि हुगो इकिटिकेले खेलको चौथो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको १७औँ मिनेटमा मटेटाले पेनाल्टीमा गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको २१औँ मिनेटमा जेरेमीले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–१ गोलको अग्रता दिलाए ।
खेलको ७७औँ मिनेटमा सरले गोल गर्दा क्रिस्टल प्यालेसले खेल पेनाल्टीमा पुर्याउन सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण