बार्सिलोनालाई जोन गाम्पर ट्रफी
सारांश
- बार्सिलोनाले कोमो १९०७ लाई ५-० गोलले हराउँदै जोन गाम्पर ट्रफी जितेको छ।
- खेलमा लामिन यमाल र फ्रेमिन लोपेजले दुई-दुई गोल गरे भने राफिन्हाले एक गोल गरे।
- बार्सिलोनाले यो उपाधि ४७औँ पटक जितेको हो।
काठमाडौँ। स्पेनिस क्लब बार्सिलोनाले जोन गाम्पर ट्रफी जितेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा इटालियन क्लब कोमो १९०७ लाई ५–० गोल अन्तरले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो । बार्सिलोनाले यो उपाधि ४७औँ पटक जितेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लामिन यमाल र फ्रेमिन लोपेजले दुई–दुई गोल गरे ।
त्यस्तै राफिन्हाले एक गोल गरे । बार्सिलोनाले खेलको २१औँ मिनेटमा लोपेजको गोलबाट अग्रता बनाएको थियो । लोपेजले नै खेलको ३५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–० गोलको अग्रता दिलाए । खेलको ३७औँ मिनेटमा राफिन्हाले गोल गर्दा बार्सिलोनाले ३–० गोलको अग्रता बनायो । यमालले ४२औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ४–० गोलको अग्रता दिलाए । खेलको ४९ औँ मिनेटमा यमालले गोल गर्दै बार्सिलोनालाई ५–० गोलको जितसँगै जोन गाम्पर ट्रफीको उपाधि दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण