मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

रुपिज इन्टरनेशनलकी लेखापाल १५ लाख रकम हिनामिना गरेको आरोपमा पक्राउ

सोमबार, २६ साउन २०८२, १९ : ४२
सोमबार, २६ साउन २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ बाफलमा रहेको रुपिज इन्टरनेशनल स्कुलकी लेखापाललाई प्रहरीले पक्राउ गरेको छ । स्कुलको रकम हिनामिना गरेको आरोपमा क्षितिज श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

३९ वर्षीया श्रेष्ठ ललितपुर महानगरपालिका वडा नम्बर–९ की स्थानीय हुन् । स्कुलका प्रिन्सिपल रुपेन्द्र कौर विदेश गएको बेलामा उनले हस्ताक्षर गरेर छाडेको चेकमा रकम भरेर आरोपीले १४ लाख ८० हजार रुपैयाँ निकालेर सम्पर्कविहीन भएको आरोप छ । 

साउन २३ मा उनलाई ताहाचलबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको एसपी आचार्यले बताए ।

प्रहरीले उनीविरुद्ध आपराधिक विश्वासघात तथा ठगी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । ३ वटा चेकबाट आरोपीले रकम निकालेर हिनामिना गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप