सामाजिक ‘बहिष्कार’को चेतावनीलाई बेवास्ता गर्दै उपप्रमुख सापकोटाले गरिन् बाबुको काजकिरिया
सारांश
- काभ्रेपलाञ्चोकमा छोरा नभएका एक व्यक्तिको किरिया छोरीहरूले गर्दा स्थानीयले सामाजिक बहिष्कारको चेतावनी दिए।
- बनेपाकी उपप्रमुखसमेत रहेकी छोरी बिमला सापकोटाले सामाजिक दबाबलाई अस्वीकार गर्दै कानुनविपरीत काम नगर्न चेतावनी दिइन्।
- पुरोहितलाई बहिष्कारको धम्की आएपछि अर्का पुरोहितले किरियाको काम गरिरहेका छन्।
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती–१ रयालेका ९१ वर्षीय हरिप्रसाद सापकोटाको गत आइतबार निधन भएपछि उनका छोरीहरूले दागबत्ती र काजकिरियाको सम्पूर्ण जिम्मेवारी सम्हालेका छन् । छोरा नभएका स्व. सापकोटाको अन्त्येष्टि छोरीहरूले गर्ने भएपछि स्थानीय स्तरमा केही व्यक्तिहरूले असहमति जनाउँदै ‘सामाजिक बहिष्कार’को चेतावनी दिएका थिए ।
तर स्व. सापकोटाकी जेठी छोरी तथा बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा, बहिनीहरू निर्मला र राधिका सापकोटाले सामाजिक दबाब र परम्परागत मान्यतालाई अस्वीकार गर्दै किरिया बस्ने निर्णय लिए ।
बहिष्कारसम्बन्धी बैठक भइरहेको जानकारी पाएपछि बिमलाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो कदम नेपालको प्रचलित कानुन र संविधानको मर्म विपरीत रहेको स्पष्ट पारिन् ।
उनले लेखेकी छन्, “महिला माथिको विभेद कहिले अन्त्य हुन्छ आफ्नाे बाउको काजकिरिया गर्दा सामाजिक बहिष्कारको मिटिङ हुँदै छ । यो समाज र दाजुभाइ भन्नेहरूले हामीलाई पिडा माथि पिडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ ।हामीले अरू कसैको वंशमा दखल गरेका छैनौ हामी अब थप पिडा सहन सक्ने अवस्था मा छैनौ ।’
उनले आफूहरु बहिस्कार हुन तयार रहेको भन्दै कानुन र संविधान विपरितको काम नगर्न चेतावनीसमेत दिएकी छन् । आफूहरूले गरेको यो कार्यले हजारौँ छोरीहरूमाथि न्याय हुने बिमलाले उल्लेख गरेकी छन् ।
उनले थप लेखेकी छन्, “ख्याल गर तिमीहरूले चलाएको बहस कानुन र संविधानको पनि बर्खिलाप छ । हामीले गरेको यो कामले हजारौँ छोरी माथि न्याय हुनेछ ।खबरदार यो छलफल र बहस रोकी हाल हामी बहिष्कार हुन तयार छौँ ।१३ दिन हाम्रो बुवाको घरमा बसेर काजकिरिया गर्न देउ पिडा नदेऊ १३ दिन पछि सदाको लागि माइतीको ढोका बन्द गरेर कर्म घर फर्कने छौ । समाजको डर लाग्नेहरू कृपया हामीलाई साथ दिनु पर्ने बाध्यता नसम्झनु होला तपाईँ स्वतन्त्र हुनुहुन्छ ।“
काजकिरिया गर्न सुरुमा सापकोटा परिवारका पुरोहितले अनुमति दिएका थिए । तर, समाजले पुरोहितलाई पनि बहिस्कार गर्ने खालको धम्की दिएपछि उनी पनि पछि हटेको र अर्का पुरोहितबाट काजकिरियाको काम भइरहेको छ । अहिले पुरोहित दिपक सुवेदीले काजकिरिया गरारइरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण