बजेट पासका लागि अन्तिम विकल्पमा हर्क साम्पाङ, अवशिष्ट अधिकार प्रयोग गर्ने चेतावनी
सारांश
- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बजेट निर्माणमा ढिलाइ भएकोमा चिन्ता व्यक्त गरे।
- बजेट निर्माणका लागि पटक-पटक बैठक बसे पनि टुङ्गोमा पुग्न नसकेको बताइएको छ।
- मेयर साम्पाङले बजेट समयमै पास गर्न र जनताको सेवालाई निरन्तरता दिन आग्रह गरे।
काठमाडौँ । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले बजेट निर्माण कार्यमा ढिलाइ हुन थालेपछि समितिका सदस्यहरूलाई गम्भीर बन्न आग्रह गरेका छन् ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारले असार मसान्तभित्र बजेट निर्माण गरी पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, धरान उपमहानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको १५ पटक बैठक बसे पनि छलफल टुङ्गोमा नपुगेको नगर प्रमुख राईको भनाइ छ ।
विभिन्न कारणले पटक–पटक बैठक स्थगित हुँदा बजेट निर्माणमा अत्यधिक ढिलाइ भएको सोमबार जारी विज्ञप्तिमा भनिएको छ । बजेटको कार्यमा अपनत्व वहन गर्दै पूर्ण जिम्मेवारी भई चाँडै बजेट पास गर्नुपर्नेमा उनले जाेड दिए ।
'बजेट निर्माण नहुँदा नगरपालिकालाई ठुलो कानुनी तथा नैतिक सङ्कट पर्ने भएकोले सो कार्यमा समितिका सबै सदस्यहरूले बजेटको कार्यमा अपनत्व वहन गर्दै पूर्ण जिम्मेवारी भई चाडै बजेट पास गरौँ अन्यथा अवशिष्ट अधिकारको प्रयोग गरी टिप्पणी मार्फत पछि अनुमोदन हुने गरी खर्च गर्ने बाटो खोली जनताको प्रशासन, विकास र सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने एक मात्र विकल्प भएको व्यहोरा जानकारी गराइन्छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण