शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा

शनिबार, ०६ असार २०८३, १८ : ४६
शनिबार, ०६ असार २०८३

सारांश

  • अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिल्म 'रातो घेरा' मा पुनः जोडीका रूपमा देखिने भएका छन् ।
  • सुपरहिट चलचित्र 'जारी' मार्फत दर्शकको मन जित्न सफल यो चर्चित जोडी नयाँ चलचित्र 'रातो घेरा' मा एकसाथ देखिन लागेका हुन् ।
  • अनिल बुढा मगरले निर्देशन गर्ने यो चलचित्रको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुनेछ ।

काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिल्म 'रातो घेरा'मा पुनः जोडीका रूपमा देखिने भएका छन् ।

सुपरहिट चलचित्र 'जारी' मार्फत दर्शकको मन जित्न सफल यो चर्चित जोडी नयाँ चलचित्र 'रातो घेरा'मा एकसाथ देखिन लागेका हुन् । 

निर्माण संस्था विश्राम फिल्मस् प्रालिले चलचित्र निर्माणको औपचारिक घोषणा गरेको हो । यस चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गर्नेछन् । निर्माण टिमका अनुसार चलचित्रको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुनेछ, जसले दर्शकलाई मनोरञ्जनका साथै गहिरो सन्देश पनि दिने अपेक्षा गरिएको छ । 

दयाहाङ र मिरुनाको जोडी पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा बढी रुचाइएको र चर्चित अन स्क्रिन जोडीमध्ये एकका रूपमा स्थापित भइसकेको छ ।

निर्माण पक्षका अनुसार चलचित्रलाई भव्य, कथात्मक रूपमा सशक्त र प्राविधिक रूपमा उच्चस्तरको बनाउन विशेष ध्यान दिइएको छ । अनुभवी कलाकार तथा प्राविधिक टिमको सहभागिताले चलचित्रलाई थप प्रभावशाली बनाउने विश्वास गरिएको छ ।

चलचित्रमा रहने अन्य कलाकार र प्राविधिक टोलीको विवरण क्रमशः सार्वजनिक गरिने जानकारी दिइएको छ । चलचित्रको वितरण जिम्मा काफिया फिल्मस् प्रालिका गोविन्द शाहीले लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप