जयराम–हलेसी सडकखण्ड सञ्चालनमा
सोमबार, २६ साउन २०८२, २२ : २४
सारांश
- अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको जयराम-हलेसी सडकखण्ड ११ घण्टाका लागि अवरुद्ध भयो।
- सडकखण्ड हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारमा पहिरोका कारण बिहान ८ बजेदेखि अवरुद्ध भएको थियो।
- स्थानीयवासी, सुरक्षा निकाय र स्काभेटरको सहयोगमा बेलुका ७ बजे सडक पुनः सञ्चालनमा ल्याइएको हो।
खोटाङ । अविरल वर्षाका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान करिब ८ः०० बजे पहिरो झर्दा अवरुद्ध बनेको सडक बेलुका ७ः०० बजेदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।
अवरुद्ध सडक खुलेपछि दिनभर रोकिएरबीच सडकमै बसेका यातायातका साधन तथा यात्रुहरु आ–आफ्नो गन्तव्यतर्फ लागेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै रोकिएका थिए ।
करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेटर, सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा सञ्चालनमा ल्याइएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण