सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

२ जना मृतावस्थामा फेला

मङ्गलबार, २७ साउन २०८२, ११ : ५१
मङ्गलबार, २७ साउन २०८२

काठमाडौं  । जुम्ला र कास्कीमा दुई जना मृतावस्थामा फेला परेका छन् । जुम्लाको तिलागुफा नगरपालिका-४ राचुली घर भई हिमा गाउँपालिका-६ जर्जालीस्थित माईती घरमा बस्ने ४१ वर्षीया मनसोभा अधिकारी थापा सोही ठाउँस्थित पातर खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । 

यसैगरी कास्कीको पोखरा महानगरपालिका-२९ पुलचोक पट्टनेरी सेती खोँचमा सोही ठाउँ बस्ने ४७ वर्षीया मिठु राज वंशी सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप