गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या
मङ्गलबार, २७ साउन २०८२, १३ : १६
सारांश
- लगातारको वर्षापछि पहिरो जाँदा गमगढी-बालै-पिना सडकखण्ड दुई महिनादेखि अवरुद्ध भएको छ।
- सडकमा माटो र ढुङ्गा थुप्रिएका कारण स्थानीय बासिन्दा लामो वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन्।
- खाद्यान्न र औषधी ढुवानीमा समस्या भएको छ र सडक खुलाउन कसैको ध्यान पुगेको छैन।
मुगु । बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएको हो ।
सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छभने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ । बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन् । खाद्यान्न र औषधि ढुवानीमा समस्या भएको छ ।
स्थानीयवासी दानबहदुर शाहीका अनुसार जताततै पहिरो खसेको छ । दलदल माटो बगेको छ, मान्छे हिँड्न पनि समस्या छ । अवरुद्ध सडक खुलाउनतर्फ कसैको ध्यान गएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण