मलबारे ठोस योजना ल्याउन दुई मन्त्रीलाई प्रधानमन्त्रीको ३ बुँदे निर्देशन
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमन्त्री र उद्योगमन्त्रीलाई रासायनिक मल आपूर्तिका लागि ठोस योजना ल्याउन निर्देशन दिए।
- प्रधानमन्त्रीको सचिवालयका अनुसार, रासायनिक मल व्यवस्थापनका लागि नयाँ ढाँचासहितको योजना ल्याउन निर्देशन दिइएको छ।
- प्रधानमन्त्रीले मल अभाव हुन नदिन सरकारले विशेष ध्यान दिएको र मौज्दात तथा आउने मलको विवरण प्रस्तुत गरेका थिए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमन्त्री रामनाथ अधिकारी र उद्योगमन्त्री दामोदर भण्डारीलाई रासायनिक मल आपूर्ति र व्यवस्थापनबारे ठोस योजना ल्याउन ३ बुँदे निर्देशन दिएका छन् ।
मंगलबार सिंहदरबारमा सरोकारवालासँगको छलफलपछि प्रधानमन्त्री ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन, कम्पोस्ट र अर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन निर्देशन दिएका हुन् ।
नेपालमा खेती लगाउने समयमा सधैँजसो मलको अभाव हुने गरेको गुनासो किसानहरूले गर्दै आएका छन् । दुई दिनअघिमात्र प्रधानमन्त्री ओलीले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको बताएका थिए ।
उनले कृषि मन्त्रालयको हवला दिँदै तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको र १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेको जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण