मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

विदेश पठाउने भन्दै ठगेको आरोपमा ४ जना पक्राउ

मङ्गलबार, २७ साउन २०८२, १८ : ५५
मङ्गलबार, २७ साउन २०८२

काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगेको आरोपमा प्रहरीले चार जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा घर भएकी ४३ वर्षीया अञ्जु कोइराला, भक्तपुर बस्दै आएका १९ वर्षीय आभास कोइराला, रामेछाप घर भएकी ३० वर्षीया चित्र कुमारी बस्नेत र दाङ घर भएका ४९ वर्षीय सुनिल बिक छन् । 

आरोपीहरूलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । अञ्जुले माल्टा पठाउँछु भनेर ३ जनालाई ठगी गरेको भेटिएको छ । 

चित्र कुमारी बस्नेतले मौरिसस पठाउने सपना देखाएर २२ लाख रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

आभास कोइरालाले १३ लाख र सुनिल विकले अमेरिका पठाउँछु भनेर ५६ लाख १५ हजार रुपैयाँ ठगी गरेको अनुसन्धानबाट थाहा भएको एसपी आचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप