बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल साउन २८ गतेको बार, तिथि, नक्षत्र, योग, करण, र अन्य विवरणहरू समावेश छन्।
- काठमाडौंमा सूर्योदय र सूर्यास्तको समय, दिनमान, र बार बेलाको विवरण दिइएको छ, जसमा शुभ र अशुभ समयहरू उल्लेख छन्।
- मेष देखि मीन राशि सम्मको राशिफलमा आर्थिक, स्वास्थ्य, शिक्षा, र प्रेम जीवन सम्बन्धी भविष्यवाणीहरू समावेश छन्।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल साउन २८ गते । बुधबार । ईश्वी सन् २०२५ अगस्ट १३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र कृष्णपक्ष । तिथि–चतुर्थी,६ घडी ११ पला, बिहान ६ बजेर २ मिनेट उप्रान्त पंचमी । नक्षत्र–उत्तराभाद्रपदा, १८ घडी २४ पला, दिउसो १२ बजेर ५५ मिनेट उप्रान्त रेवती । योग– धृती, ३४ घडी २० पला, बेलुकी ७ बजेर १७ मिनेट उप्रान्त शूल । करण–बालव, बिहान ८ बजेर २ मिनेट उप्रान्त कौलव, बेलुकी ६ बजेर ५९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मीन ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४१ मिनेट । दिनमान ३२ घडी ५१ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर ३४ मिनेटसम्म लाभ बेला ।
- बिहान ५ बजेर ३४ मिनेटदेखि बिहान ७ बजेर १२ मिनेटसम्म अमृत बेला ।
- बिहान ७ बजेर १३ मिनेटदेखि बिहान ८ बजेर ५१ मिनेटसम्म काल बेला ।
- बिहान ८ बजेर ५२ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म शुभ बेला ।
- बिहान १० बजेर ३० मिनेटदेखि बिहान १२ बजेर ८ मिनेटसम्म रोग बेला ।
- मध्यान्ह १२ बजेर ९ मिनेटदेखि दिउसो १ बजेर ४६ मिनेटसम्म उद्वेग बेला ।
- दिउसो १ बजेर ४७ मिनेटदेखि दिउसो ३ बजेर २५ मिनेटसम्म चर बेला ।
- दिउसो ३ बजेर २६ मिनेटदेखि बेलुकी ५ बजेर ३ मिनेटसम्म लाभ बेला ।
- बेलुकी ५ बजेर ४ मिनेटदेखि बेलुकी ८ बजेर ३ मिनेटसम्म उद्वेग बेला ।
नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १२ बजेर ७ मिनेटदेखि दिउसो १ बजेर ४६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ५८ मिनेटदेखि बिहान ४ बजेर ४६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेको छ । व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । तर पनि छोटो दुरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशमा बसेर अध्ययन वा काम गर्नेहरूका लागी समय शुभ रहेको छ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्राकृतिक स्रोत साधन तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार, उद्योग तथा पुँजी बजारमा गरिने लगानीबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट अङ्क ल्याउँदै अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । भौतिक सम्पत्ति वा सवारी साधन प्राप्तिको योग रहेको छ । हास्यव्यङ्ग्य, गाएन तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्त्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाढता थपिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ । कलाकार तथा हास्य क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रसङ्ग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । विधि विधान तथा कानुन संवत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार तथा शेयर बजारमा लगानी गरी उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाइनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रूपमा सम्मान पाइनुको साथै रमाइलो घुमघामको समेत अवसर आउनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईँको कुरा काट्ने तथा विरोध गर्नेहरू तपाईँकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाइ लेखाइमा राम्रो नतिजाका साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ ।
- वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । शेयर बजार, खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको लगानीबाट उल्लेख्य नाफा हुनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिए पनि नतिजाको लागी केही समय कुर्नु नै पर्नेछ । कृषि तथा पशुपालन व्यवसाय, सवारी साधनको खरिद बिक्रीबाट आम्दानी हुने योग रहेको छ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उद्योग, शेयर बजार तथा उत्पादनमूलक व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरीको उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना विवादित विषयहरू हल भएर जानेछन् । कलाकार तथा हास्य विधामा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैयाँ पैसा कमाउन सकिनेछ । मेहनतले प्रतिस्पर्धी हरूलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । शत्रु तथा वैरभाव राख्नेहरू कमजोर हुनेछन्। छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । हास्य विधा, लेखन तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । खाद्यान्न, बिलासी सामान, होटल तथा रेष्टुरेन्ट र पुँजी बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । इमानदारिता र मेहनतले आत्म विश्वासमा वृद्धि हुनेछ। अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउँदा मन हर्षित हुनेछ । कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानदेखि विस्कन्सिनसम्म, सयौँ बिरामीको ज्यान बचाइरहेका युवा नेपाली चिकित्सक
-
वीर र ट्रमालाई निर्देशन : यही हप्ताभित्र शुलभ फार्मेसी सञ्चालनमा ल्याउनू
-
कुन टिमको विगत कस्तो ? ब्राजिल र जापानमा कुन बलियो ? (भिडियो)
-
इन्दिरा जोशीको आइटम गीत ‘सेन्सेसन’मा आश्माको बोल्ड अवतार
-
अमृत कोषमा बढ्न थाल्यो दुधको माग, धान्न अस्पताललाई मुस्किल
-
२० तस्बिरमा हेर्नुहाेस् रोपाइँ महोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण