‘जनै हराएको मान्छे’ इमोशनल छ – विजय बराल
सारांश
- फिल्म 'जनै हराएको मान्छे' भदौ ६ गते रिलिज हुने भएको छ, जसमा विजय बराल मुख्य भूमिकामा छन्।
- यो फिल्म 'पूर्ण बहादुरको सारङ्गी' पछि विजय बरालको मुख्य भूमिका रहेको फिल्म हो, जसलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ।
- हिमाल न्यौपाने निर्देशित फिल्ममा मिरुना मगर, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेदेखि रिलिज हुँदैछ । फिल्मको मुख्य भूमिकामा अभिनेता विजय बराल छन् । जसले केही अघिमात्र ब्लकबस्टर (सर्वाधिक कमाउने) फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ दिएका थिए ।
‘पूर्ण बहादुरको सारङ्गी’पछि आउन लागेको उनको मुख्य भूमिका रहेको फिल्म नै ‘जनै हराएको मान्छे’ हो । फिल्मले कस्तो व्यवसाय गर्छ सबैको चासोको विषय बनेको छ । फिल्म हिमाल न्यौपानेले निर्देशन गरेका हुन् ।
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’झैँ गाउँले परिवशेषकै कथामा भएकोले दर्शकले रुचाउने निर्देशक न्यौपाने बताउँछन् ।
अभिनेता विजय बराल पनि गाउँलेकै कथा, गरिबीकै कथा, परिवारका सदस्यसँगकै इमोशनल सम्बन्ध रहेकोले ‘जनै हराएको मान्छे’ सबैको रुचिमा पर्ने बताउँछन् ।
‘दर्शकले मलाई जस्तो रुपमा खोज्नु हुन्छ । म यस्मा पनि त्यस्तै रुपमा देखिएको छु’, विजयले भने ‘फिल्म रमाइलो बनेको छ । ‘नयाँ, फरक र गजब काम यसमा भएको छ ।’
विजयसँगै फिल्ममा मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्माता नारायण तिमिसिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेको फिल्म गोविन्द शाहीको काफिया फिल्मसले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण