ताप्लेजुङ गोल्डकपः सेमिफाइनल आजदेखि
सारांश
- ताप्लेजुङ गोल्डकपको सेमिफाइनल खेल आजदेखि हुँदैछ।
- पहिलो सेमिफाइनलमा सुनसरी र ललितपुरका क्लब भिड्नेछन्।
- प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ, विजेताले ७ लाख पुरस्कार पाउनेछन्।
ताप्लेजुङ । तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपअन्तर्गत सेमिफाइनलका खेल आजदेखि हुँदैछन् । पहिलो खेल सुनसरीको द योङ ब्रदर्स क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबीच हुनेछ ।
यही साउन २४ गतेदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यसैगरी, ललितपुरले भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीलाई १–० को जितसँगै सेमिफाइनलमा प्रवेश पाएको हो ।
भोलि बिहीबार हुने दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेश युवा क्लब आमनेसामने हुनेछन् । सिराहाले मङ्गलबार भएको अन्तिम क्वार्टरफाइनलको खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोलअन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको थियो । झापाले पोखराको सहारा क्लबलाई २–१ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।
आठ टोली सहभागी रहेको प्रतियोगिताको फाइनल खेल यही साउन ३१ गते हुनेछ । विजेताले नगद रु सात लाख दुई हजार ८२ तथा उपविजेताले रु तीन लाख ५० हजार ८२ र प्रमाणपत्र प्राप्त गर्नेछन् । लाखेजात्रा सञ्चालन समितिले प्रतियोगिताको आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण