विपिन जोशीको उद्धारको लागि प्रभावकारी कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण
सारांश
- एमाले सांसद ठाकुर गैरेले इजरायलमा बेपत्ता भएका विपिन जोशीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए।
- जोशीकी आमा र छोरी इजरायल पुगेको अवस्थामा उनको स्थिति पत्ता लगाई स्वदेश फर्काउन पहल गर्न गैरेको माग छ।
- हमासको आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो भने जोशीलाई बन्धक बनाइएको थियो र उनको अवस्था अज्ञात छ।
काठमाडौँ । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका कूटनीतिक पहल अझ प्रभावकारी सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै गैरेले जोशीको आमा र छोरी हाल इजरायल पुगेको अवस्थामा उनको वास्तविक अवस्था पत्ता लगाई स्वदेश फर्काउने वातावरण निर्माण गर्न माग समेत गरेका हुन् ।
उनले भने, ‘इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई घर फर्कनको लागि नेपाल सरकारले गरिरहेको कूटनीतिक पहललाई अझ प्रभावकारी बनाएर आमा र छोरी इजरायल पुगेको यो बेलामा उनको यथार्थ स्थिति पत्ता लाग्ने र नेपालमा स्वागत गर्न पाउने वातावरण निर्माण गर्न सदनको ध्यानाकर्षण गर्न चाहन्छु । विश्वशान्तिको पक्षमा सधैँ खडा भएको नेपालले आफ्नो एउटा नागरिक युद्धको नाममा बन्धक बनाइनु, बेपत्ता पारिनु गलत मात्र होइन अमानवीय कार्य हो । यस्तो कार्य बन्द हुनुपर्छ ।’
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो । जोशीलाई भने बन्धक बनाइएको थियो । उनको अवस्था अझै अज्ञात छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण