एमआरपीमा कडाइ गर्ने वाणिज्य विभागका डिजी कुमार दाहालको समावेशी आयोगमा सरुवा
बुधबार, २८ साउन २०८२, २१ : २७
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहाललाई सरकारले सरुवा गरेको छ ।
विभागको महानिर्देशकको रूपमा जिम्मेवारी सम्हालेको ६ महिना पनि नपुग्दै दाहाललाई साेमबार राष्ट्रिय समावेशी आयोगमा सरुवा गरेको हाे । यता समावेशी आयोगका सचिव बलराम निरौलालाई उद्योग वाणिज्य मन्त्रालयमा तानिएको छ ।
सरकारले ७२ जना सहसचिवको सरुवा गर्दा दाहालकाे पनि सरुवा गरिएकाे हाे ।
८ वर्ष अघि उपसचिवबाट खुला प्रतिस्पर्धामार्फत २०७३ सालमा सहसचिवमा सिफारिस भएपछि दाहालको सहसचिवको पदस्थापन नै वाणिज्य विभागको महानिर्देशकमा भएको थियो ।
महानिर्देशक भएसँगै उनी एमआरपी अनिवार्य लागू तथा बजार अनुगमनमा कडाइ गर्दै ठगी गर्नेलाई कानुनी कारबाहीको दायरा ल्याएर चर्चामा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण