शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

यस्तो छ दयाहाङ र  रिश्मा अभिनीत ‘रिमै’को शीर्ष गीत

बिहीबार, २९ साउन २०८२, ०९ : ०५
बिहीबार, २९ साउन २०८२

सारांश

  • निर्देशक खिलबहादुर गुरुङको फिल्म 'रिमै' को शीर्ष गीत सार्वजनिक भएको छ।
  • गीतमा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङको अभिनय रहेको छ।
  • फिल्म भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ।

काठमाडौँ । खिलबहादुर गुरुङको निर्देशन रहेको फिल्म ‘रिमै’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् । सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत र  रीता केसी र अंशु लामा (अश बहादुर गुरुङ)को स्वर छ । गुरुङ परिवेशमा गीत तयार छ ।

आगामी भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्ममा लामो समयपछि  दयाहाङ र रिश्मा जोडीको रूपमा पुनः पर्दामा देखिँदै छन् ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायाङ्कन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सहनिर्माताको रुपमा रहेका छन् ।

फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत मित्र डि गुरुङको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप