पश्चिम नेपालतर्फ मनसुन बढी सक्रिय : यी जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
सारांश
- मनसुनको न्यून चापीय रेखा पश्चिममा सक्रिय रहने अनुमान गरिएको छ।
- सुदूरपश्चिम प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा मध्यम वर्षा भइरहेको छ।
- बाढी पूर्वानुमान महाशाखाका अनुसार केही नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ।
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले मनसुन नेपालको पूर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ ।
देशभर साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी र तराई लगायत बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती. पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
बिहीबार डोटी डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी को मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
साथै इलाम, झापा, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, बाग्लुङ, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण