लम्बोदर न्यौपानेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संयुक्त इजलासमा पेसी
सारांश
- नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा सुनुवाइ हुँदैछ।
- विशेष अदालतले न्यौपानेलाई गैरकानुनी रूपमा कलेजको सम्पत्ति आफ्नो खातामा राखेकोमा दोषी ठहर गरेको थियो।
- न्यौपानेले १२ करोड ८४ लाख रुपैयाँ गैरकानुनी रूपमा हिनामिना गरेको आरोप छ, र उनी सर्वोच्च अदालत पुगेका थिए।
काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेसँग जोडिएको सम्पत्ति शुद्धीकरण, घुस, किर्ते लगायतको मुद्दा न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । विशेष अदालतले न्यौपानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।
नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति गैरकानुनी रूपमा आफ्नो खातामा राख्ने निर्णय गरेकोमा उनलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले दोषी ठहर गरेको थियो ।
सामाजिक संस्थाको सम्पत्ति गैरकानुनी रूपमा व्यक्तिगत खातामा सारेकामा उनी दोषी ठहर भएका थिए । विशेषको ठहर अनुसार उनले १२ करोड ४ लाख ८७ हजार रुपैयाँ गैरकानुनी रूपमा अपचलन गरेका थिए । विशेष अदालतको सो आदेशविरुद्ध न्यौपाने ५ फागुन २०८१ मा सर्वोच्च अदालत पुगेका थिए ।
उनले विभिन्न बैंकमा आफ्नो नाउँमा खाता खोली कलेजको रकम स्थानान्तरण गरेको भन्दै विशेष अदालतले त्यसरी आम्दानी गरेको आय स्रोतको कर भुक्तानी नगरेको ठहर गरेको छ । आफ्नो हक नपुग्ने संस्थाको सम्पत्ति कुनै अभिलेख नराखी निजी सम्पत्तिको रूपमा परिणत गरेको भन्दै विशेष अदालतले उनलाई दोषी ठहर्याएको थियो ।
यसरी गैरकानुनी रूपमा हिनामिना गरेर लाभ गरेको रकम १२ करोड ८४ लाख रुपैयाँ रहेको फैसलाको रायमा उल्लेख छ । तलब भत्ता, गाडी र अन्य सुविधाका नाममा रकम दुरुपयोग गरेको विशेष अदालतले ठहर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण